उपत्यकामा ४२९ सहित देशभर १ हजार २२१ जनामा कोरोना संक्रमण

उपत्यकामा ४२९ सहित देशभर १ हजार २२१ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा देशभर १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थपिएको संक्रमित संख्या हाल सम्म उच्च  हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना अपडेट मार्फत कूल संक्रमित संख्या ३८ हजार ५ सय ६१ पुगेको बताए।

काठमाडौं उपत्यकामा मात्रै आइतबार ४ सय २९ संक्रमित थपिएका छन्।

काठमाडौंमा ३ सय ७२ ललितपुर १२ र भक्तपुरमा ४५ गरी १ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ८२२ उपचारपछि निको भएका छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय