भेरी अस्पतालका दुई डाक्टरमा कोरोना संक्रमण

भेरी अस्पतालका डाक्टरलाई धमाधम कोरोना संक्रमण देखिन थालेको छ। यसअघि फिजिसियन डा. राजन केसी र संकेत रिसाललाई कोरोना संक्रमण भएको थियो।

यसपालि हाड, जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डा. राहुल मिश्र र कन्सल्टेन्ट फिजिसियन डा. रजनी केसी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

ओपिडी, अप्रेसन तथा इमरजेन्सी वार्डका विरामीको उपचारमा अग्रपंतीमा खटिदै आएका डा. मिश्र र केसीलाई दुईदिन अघि कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ।

तीनदिन अघि उच्च ज्वरो आएपछि डा. केसीले स्वाब दिएकी थिइन्। स्वाब रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिइन्।

‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गराएँ। रिपोर्ट पोजेटिभ आएको छ’, डा. केसीले भनिन्।’ उनी पनि कोरोना संक्रमित विरामीको उपचारमा खटिएकी थिइन्।

त्यस्तै, हाडजोर्नी रोग बिशेषज्ञ डा. मिश्रले पनि आफूलाई कोरोना भएको पुष्टि गरेका छन्। उनले विरामीको सेवा गर्ने दायित्व भएको बताउँदै निको भएर पुनः विरामीको सेवामा फर्किने प्रतिवद्धता जनाएका छन्। ‘विरामीको उपचार गर्ने मेरो पहिलो दायित्व हो। उपचार गर्ने क्रममा म संक्रमित हुन पुगेँ। निको भएर छिट्टै सेवामा फर्किन्छु,’ डा. मिश्रले भने।

कोरोना बिरामीको उपचारमा खटिएका चिकित्सकहरूनै धमाधम संक्रमित देखिन थालेपछि यति खेर भेरी अस्पतालको सेवा प्रभावित हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय