वीरमा थप तीन विभागका कर्मचारीमा कोरोना, ३० भन्दा बढी क्वारेन्टाइनमा

संक्रमण नियन्त्रण तथा रोकथाममा ठोस काम हुन नसक्दा मुलुककै ठूलो अस्पताल वीरमा चिकित्सक, स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएको छ ।

आइतबार मात्रै अस्पतालका तीन विभाग फिजियोथेरापी, प्याथोलोजी र लेखामा कार्यरत प्राविधिक तथा कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

यसअघि अस्पतालमा कार्यरत ५ चिकित्सक, २ नर्ससहित १६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमण बढ्दै गएपनि संक्रमण रोकथामका लागि आवश्यक प्रोटोकलको पालना र सुरक्षा सामग्रीको उपलब्धतामा व्यवस्थापनले ध्यान नदिएको आरोप चिकित्सक तथा स्वास्थ्यकर्मीले लगाएका छन् ।

यसअघि रेडियोलोजी विभागमा एमआरआई र सिटीस्क्यानमा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण भएको थियो ।

प्रमुख विभागका स्वास्थ्यकर्मीमा संक्रमणसँग अस्पतालका अधिकांश सेवा प्रभावित भइरहेको छ ।

अस्पतालमा पहिलोपटक साउन २२ मा इन्टरनल मेडिसिन विभागका एक बरिष्ठ चिकित्सकमा कोरोना पुष्टि भएको थियो ।

‘वीरमा क्वारेन्टाइन, भत्ता, सुरक्षा सामग्री केही छैन्’ ती कर्मचारीले भने, ‘नेपाल सरकारको केन्द्रीय अस्पतालमा महामारीको सामना गर्ने तयारी निकै दयनीय छ ।’

त्यसयता ५ चिकित्सक, २ नर्सिङ स्टाफ गरी १६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ ।

संक्रमितसँगको प्राइमरी कन्ट्रयाटका आधारमा अस्पतालका ३० जना स्वास्थ्यकर्मीलाई सुन्धाराका होटलमा क्वारेन्टाइन राखिएको छ ।

अब तीन विभागका थप स्वास्थ्यकर्मीसमेत क्वारेन्टाइनमा जाँदा झण्डै ५० क्वारेन्टाइनमा हुनेछन् ।

ट्रमा सेन्टरको तुलनामै विभेद
अस्पतालका कर्मचारी युनियानका पदाधिकारी एवं सदस्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतकै ट्रमा सेन्टरका स्वास्थ्यकर्मीको तुलनामा समेत आफूहरुमा भेदभाव भएको गुनासो गरेका छन् ।

उनीहरुले ट्रमा सेन्टरका कर्मचारीको कोरोना बीमा गरेर क्वारेन्टाइनसमेत एलोपेगोडा होटलमा क्वारेन्टाइनमा राखिएको जनाएका छनन् ।

ट्रमाका कर्मचारीले जोखिमभक्तासमेत पाएको उनीहरुको भनाई छ । ‘वीरका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, भत्ता, सुरक्षा सामग्री कुनै पनि कुराको उचित प्रवन्ध छैन् छैन्’ ती कर्मचारीले भने, ‘नेपाल सरकारको केन्द्रीय अस्पतालमा महामारीको सामना गर्ने तयारी निकै दयनीय छ ।’

अस्पतालका एक कर्मचारीका अनुसार कर्मचारी बोक्ने सवारी साधानसमेत अव्यवस्थित छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय