धरानमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेमा धरान १७ की ७४ वर्षीया महिला रहेकी छिन् भने अर्का संक्रमित सोही वडाका ६० वर्षीय पुरुष हुन्।

मधुुमेह र उच्च रक्तचाप भएकी ७४ वर्षीय महिलालाई गत भदौ १३ गते विपी प्रतिष्ठान भर्ना गरिएको थियो। उनलाई एक हप्तादेखि ज्वरो आइरहेको थियो।

चिकित्सकका अनुसार उनको सोही दिन स्वाब परीक्षण गरिएपनि नजिता आज विहान आएको थियो। उनको आजै विहान ८ः३० मा ज्यान गएको सापकोटाले जनकारी दिए।

अर्का मृतकलाई समेत भदौ १३ गते नै अस्पताल भर्ना गरिएको थियो। अत्यधिक ज्वरो र निरन्रत खोकी लागिरहेका उनलाई आज विहान मात्र कोरोना पोजेटिभ देखिएको थियो। चिकित्सकका अनुसार उनलाई दुई महिना देखि कलेजको समस्या देखिएको थियो। उनको आजै विहान ७ः४५ मा निधन भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

उनका अनुसार दुुबै शव व्यवस्थापनको काम अघि बढाइएको छ। शवलाई नेपाली सेनाको डेलिकेटेड टोलीले व्यवस्थापन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय