आइसियु नपाएर बुटवलमा एक संक्रमितको मृत्यु

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बुटवल उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीय पुरूषको मृत्यु भएको जानकारी दिए।

आइसियुका बेड खाली नभएपछि उनलाई आइसोलेसनमै राखेर उपचार गरिएको थियो।

शनिबार रातिदेखि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएर आइतबार बिहान साढे सात बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएका उनको दिउँसो साढे १२ बजे मृत्यु भएको हो।

डा. थापाका अनुसार यसअघि मुटुको शल्यक्रिया गरिएको र उच्च रक्तचाप तथा मधुमेह समेत भएको कारण बिरामीलाई आइसियूमा राख्नुपर्ने अवस्था रहेको थियो।

डा. थापाले अनुसार बिहान अस्पताल आएका उनको कोरोना संक्रमण पुष्टि भएको थियो।

डा. थापाले ती पुरूषको तीन वर्ष पहिले मुटुको शल्यक्रिया गरिएको र लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको जानकारी दिए।

डा. थापाका अनुसार अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ४ जना बिरामी आइसियुमा राख्नुपर्ने अवस्थाका छन्।
तर आइसियु बेड अभाव भएपनि उनिहरु तीनदिनदेखि पालो कुरेर बसिरहेका छन्।

अन्यत्र पठाउन सकिने अवस्था पनि छैन्, यहाँ अस्पतालमा ठाउँ पनि छैन’ फोकल पर्सन डा. थापाले भने।

बुटवलको कोरोना बिशेष अस्पतालमा १६ वटा मात्रै आइसियू बेड छन्।

भैरहवामा रहेको भीम अस्पतालमा आइसियुको ५ बेड भएपनि आइसियु संचालन गर्न सक्ने स्वास्थ्यकर्मी नहुँदा संचालन हुन सकेको छैन।

योसँगै बुटवलभरि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ।

कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने प्रदेश ५ मा मृत्यु हुनेको संख्या २९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय