रौतहटका थप दुई कोरोना संक्रमितको ज्यान गयो

पर्सामा उपचारको क्रममा रौतहटका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको राजपुर तुल्सीका निवासी ४० वर्षीय र रौतहट गम्हरिया वडा नम्बर ३ का ३० वर्षीय पुरुष रहेका छन्।

वीरगन्जको कोभिड अस्पतालमा उपचारको क्रममा रौतहटका दुई कोरोना संक्रमितको शनिबार राति र आइतबार विहान ज्यान हो।

वीरगन्जस्थित नारायणी अस्थायी कोरोना बिशेष अस्पताल गण्डकमा कोरोना उपचार गराइरहेका तुल्सीका ४० वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि भदौ १२ गते उनी कोभिड अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा आइतबार बिहान ७:४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए। मधुमेहका रोगी रहेका ती पुरुषमा निमोनियाको संक्रमण समेत रहेको थियो।

यस्तै रौतहटकै गम्हरिया वडा नम्बर ३ का ३० वर्षीय पुरुष वीरगन्जस्थित अर्का पुरुषको नारायणी अस्थायी कोरोना बिशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार राति ७:३० मा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनको उपचार गर्न नारायणी अस्पतालमा भदौ ११ गते भर्ना गरिएको थियो। कोरोनाको आशंकामा उनको पिसिआर परीक्षण गरिएको थियो।

परीक्षण रिपोर्ट पोजेटिभ आएपछि भदौ १२ गते उनलाई कोभिड अस्पताल हेल्थ केयरमा भर्ना गरिएको थियो। उनको उपचारको क्रममा शनिबार राति साढे ७ बजेको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय