भक्त्तपुरमा होम आइसोलेसनमै संक्रमितको मृत्यु

भक्तपुरमा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

उच्च रक्तचाप तथा मधुमेहबाट लामो समयदेखि ग्रसित उनमा कोरोना भदौ ११ गते संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसनमै बसेका थिए। उनको शनिबार राति निधन भएको हो।

भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

स्वास्थ्य कार्यालयले अस्पताल जान भने पनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेका थिए।

वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने भनेको सुनाए।

योसँगै कोरोना संक्रमणबाट भक्तपुरमा मृत्यु हुनेको संख्या ७ पुगेको छ। भक्तपुर नगरपालिकामा २ जना, सूर्यविनायक नगरपालिकामा ३ जना र मध्यपुर नगरपालिकामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय