फ्रन्टलाइनरको सुरक्षा र मनोबल बढाउन चिकित्सक संघको अभियान

कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा फ्रन्टलाइनरमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षा र हौसला बढाउँन नेपाल चिकित्सक संघले विशेष अभियान सुरु गरेको छ।

संघले सुरु गरेको अभियानले यातायात, आवासदेखि उपचारसम्मका सरोकारलाई संवोधन गरेको छ । महामारीका समयमा फ्रन्टलाइनको मनोवल र सुरक्षाका लागि यस्तो अभियान सुरु गरेको अध्यक्ष डा. लोचन कार्कीले बताए ।

संघले सुरुमा उपत्यकामा लक्षित गरेर कार्यक्रम सुरु गरेर त्यही ढाँचामा शाखामार्फतसमेत देशभर अभियान विस्तार गर्ने जनाएको छ । संघको अभियानमा रोटरी, नेपाल स्काउटलगायतका सामाजिक संस्था र अफीन, हिसानजस्ता संस्थाका संगठनहरुले समेत साथ दिएका छन् ।

अहिले संघले निशेषाज्ञाका समयमा व्यक्तिगत र संस्थागत रुपमा यातायात नभएका स्वास्थ्यकर्मीका लागि यातायातको सेवा सुरु गरिएको संघका सदस्य डा. रितेश थापाले बताए । जसअनुसार प्रत्येक दिन तोकिएको समय र रुटमा यातायात संञ्चालन गरिने छ ।

सवारी साधनको प्रयोजनको लागि स्वास्थ्यकर्मीले परिचय पत्र अनिवार्य रुपमा ल्याउनु पर्ने, मास्कको प्रयोग गर्नुपर्ने, एक सिटमा १ व्यक्तिमात्र बस्नु पर्ने जस्ता आचारसहिता रहेका छन्।

चिकित्सकीय प्रयोजन बाहेक अन्य प्रयोजनका लागि भने सवारी साधनको प्रयोग गर्न नपाइने डा. थापाले बताए।

‘होम क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी सवारी साधनको अभावमा परीक्षण गर्नसम्म पाउनु भएको छैन, डा. थापाले भने, ‘यस्ता स्वास्थ्यकर्मीलाई लक्षित गरेर हामीले एबुलेन्स सेवा समेत सञ्चालनमा ल्याएका छौ।’

त्यसैगरी, होटल स–संस्थाको समवन्यमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन तथा आइसोलेसनको समेत व्यवस्था गरेको छ।

‘सरकारले कोरोना नियन्त्रणको लागि खटिएका स्वास्थ्यकर्मीलाई बिमा लागि कुनै पहल छैन, डा. कार्कीले भने, ‘ चिकित्सकलाई मनोबल उच्च बढाउनको लागि संघमा आबद्ध भएका सदस्यको बिमा गर्न लागेका हौँ।’

निजि स्वास्थ्य संस्था सँगको समवन्यमा संक्रमित भएका स्वास्थ्यकर्मीको उपचारको लागि छुट्टै व्यवस्थाको तयारी भइरहेको कार्कीले बताए।

त्यसैगरी, संक्रमण जितेका स्वास्थ्यकर्मीलाई प्लाज्मा दान दिन प्रोत्साहन गर्ने संघले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय