एम्बुलेन्स दुर्घटना हुँदा स्याङ्जामा दुईजनाको मृत्यु

हेल्थपोस्ट/पोखरा
प्रकाशित
२०७७ भदौ १४ गते ९:३९

स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। वालिङबाट चापाकोट नगरपालिकातर्फ जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान वालिङ ५ मझकोटमा दुर्घटना हुँदा दुई पुरुषको मृत्यु भएको हो।

दुर्घटनामा चापाकोट नगरपालिका ९ का ३५ वर्षीय भानुभक्त गैह्रे र चापाकोट १० का २५ वर्षका श्याम पंगेनीको मृत्यु भएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। एम्बुलेन्सले काठमाडौंमा बिरामी छोडेर फर्केको र सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको उनले बताए।

दुर्घटनामा चापाकोट नगरपालिका वडा नं ९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोखरेल घाइते भएका छन्। घाइते दुवैलाई प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपश्चात थप उपचारको पोखरा ल्याइएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय