धेरै परीक्षण नगर्नु, स्रोत–साधन सिमित छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना परीक्षण ‘धेरै नगर्न स्वास्थ्य संस्था लागि आग्रह गरेका छन्।

कोरोना संक्रमणसँग लड्नका लागि देशमा स्रोत साधन सिमित रहेको र परीक्षण कोरोनाको अचुक औषधी नरहेको भन्दै उनले ‘जथाभावी खेर’ नफाल्न भनेका हुन्।

‘कोरोना उपचारका प्रयोग हुने स्रोत साधन देशमा सिमित मात्रामा छ। धेरै सामान विदेशबाट मगाउनुपर्छ र देशको थुप्रै रकम खर्च हुन्छ’ उनले भने ‘त्यसैले सिमिति स्रोत साधनबाट एकदमै मितव्ययी ढंगले प्रयोग गरौँ।’

मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा उनले एकदमै आवश्यकबाहेक कोरोना परीक्षण नगर्न पनि आग्रह गरे।

यसअघि नै सरकारले एकजना संक्रमितका परिचाहनको लागि राज्यले १ लाख भन्दा धेरै खर्च गर्दै आएको र देशमा कोरोना संक्रमणकै नाममा करिब १२ अर्बजति खर्च भइसकेको जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय