उपत्यकामा ६ सहित १२ जनाको संक्रमणले मृत्यु, संख्या २ सय ७ पुग्यो

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणको कारणले १२ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो विवरण अनुसार ९ पुरुष र ३ जना महिला को मृत्यु भएको छ।

मृत्यु हुनेमा पाल्लाकी ३० वर्षिया महिला, काठमाडौं ५१ वर्षीय महिला र भक्तपुरकी ६२ वर्षीया महिला रहेकी छिन्।

पर्साका ४८ र ४९ वर्षिय पुरुष, सिराहमा ९४ वर्षका पुरष, गोरखामा ३८ वर्षका पुरुष, कास्कीमा ५८ वर्षका पुरुष, काठमाडौंमा ८३ वर्षका पुरुष, ललितपुरमा ७२ र ६१ वर्षका पुरुष र भक्तपुरमा ८२ वर्षीय पुरुष रहेका छन्।

आजमसम्म संक्रमित मध्ये मृत्यु हुनेको प्रतिशत ०.५५ रहेको मन्त्रालयले जनाएको छ।

शनिबार मात्रै देशभर ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका सहित नेपालमा कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय