उपत्यकामा १८६ सहित देशभर ८८४ जनामा कोरोना, संख्या ३७ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा देशभर ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना अपडेट मार्फत कूल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको बताए।
आज देशभर १० हजार १ सय ४५ संक्रिय संक्रमित र ८ हजार ३५ क्वारेन्टाइनमा रहेको डा. गौतमले बताए।

काठमाडौं उपत्यकामा मात्रै शनिबार १ सय ८६ संक्रमित थपिएका छन्।

काठमाडौंमा १ सय ५५ ललितपुर १९ र भक्तपुरमा १२ गरी १ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार देशभर ३ सय १३ जनाले संक्रमण जितेका छन्। यससँगै कोरोना संक्रमण निको हुनेको सख्या २० हजार ५ सय ५५ पुगेको छ।

देशभर आज १९७ जना आइसियुमा सहित २२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय