पोखरामा थप एक संक्रमितको मृत्यु

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा १४ का ५८ वर्षे पुरुषको शनिबार मृत्यु भएको हो।

पेटमा समस्या भएपछि उनी भदौ ७ मा अस्पताल आएका थिए। अस्पतालका निर्देशक अर्जुन आचार्यले उनको आन्द्रा बटारिएको र पेटको अप्रेसन गरेपछि कोरोना परीक्षण गराउँदा भदौ १० गते पोजेटिभ देखिएको थियो।

कोरोना पुष्टि भएपछि उनलाई अस्पतालको कोभिड उपचार केन्द्रको आइसियुमा राखिएकोमा आज मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए।

योसहित पोखरामा मृत्यु हुनेको संख्या चार पुगेको छ। पोखरा १६ र १९ का पुरुष तथा पोखरा १२ कि महिलाको यसअघि मृत्यु भएको थियो।

पोखरामा तीनदिनमा तीन संक्रमितको मृत्यु भएको छ। गत बिहीबार पोखरा १२ कि ३२ वर्षीया महिलाको मृत्यु भएकोमा शुक्रबार लमजुङका ५२ वर्षे पुरुषको ज्यान गएको थियो। लमजुङका पुरुष उपचारका लागि बुधबार पोखरा आएका थिए।

गण्डकी प्रदेशभर मृतकको संख्या १२ पुगेको छ। मृत्यु हुनेमा कास्कीका चार, स्याङ्जाका दुई, गोरखाका दुई, म्याग्दी, लमजुङ, बागलुङ र तनहुँका एक/एक जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय