सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठी चार्ज

बारा जिल्लाको सुवर्ण गाउँपालिका अन्तर्गत फुलबरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।

स्वास्थ्य सेवा प्रदान गर्न हिडिरहेको बेला सुनिल गुप्तालाई बाटोमा नै प्रहरीले कुटपिट गर्दै शरीर भर चोट पारिदिएका छन्। साथै, प्रहरीले उनको हात सम्म भाचिँदिएको छन।

शुक्रबार अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनले सो घटनाप्रति आपत्ति जनाएको छ।

पछिल्लो समयमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार तथा कुटपिटको घटना घट्दै आएका छ।

स्वास्थ्यकर्मी माथि पटक–पटक दुर्व्यवहार गर्न दोषीलाई कानुनी दायरा ल्याइ कारबार्ही हुनुपर्ने माग राख्दै आएपनि सरकार सवेंदनशील नरहेको संगठनले जनाएको छ।

‘दोषीमाथी कारबार्हीको माग गरी स्वास्थ्य क्षेत्रमा क्रियाशील सबै टे«ड युनियन तथा पेशागत संघ संगठनहरुले विभिन्न समयमा ज्ञापन पत्र बुझाउँदै आएका छौ, विज्ञप्तीमा भनिएको छ, ‘ यस्ता घटना पटक–पटक भइराख्नु दुखको विषय हो।’

दोषी प्रहरीलाई तुरुन्तै कानुनी कारबाहीको गरी स्वास्थ्य सेवामा लागेको स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनको लागि संगठनले माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय