अस्पताल चहार्दा–चहार्दै ज्यान गयो, शव २४ घन्टादेखि एम्बुलेन्समा

कोरोना आशंकामा एक पुरुषको शव २४ घन्टादेखि एम्बुलेन्समा अलपत्र परेको छ।

उपचारका लागि एम्बुलेन्सबाट अस्पताल लग्दै गर्दा बिहीबार धरानमा ज्यान गुमाएका धनुषाको नगराइन नगरपालिका, डेवडिाहाका  ६० वर्षीयको शव एम्बलेन्समै छ।

मुटुसम्बन्धी समस्या देखिएका उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। तर, प्रादेशिक अस्पतालले धरान रेफर गरेको थियो ।

आफन्तले कालिका कृषि संस्था लिमिटेडद्वारा सञ्चालित एम्बुलेन्सबाट उपचारका लागि उनलाई धरानतर्फ लगे। तर, धरान पुगे लगत्तै बिहीबार अपराह्न ४ बजे उनको ज्यान गयो। धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उनको शव एम्बुलेन्सबाट समेत निकालेर मृत्यु प्रमाणपत्र आफन्तलाई जिम्मा लगायो।

एम्बुलेन्स शवसहित साँझ ८ बजे पुनः जनकपुर फर्कियो। चालकले एम्बुलेन्स सञ्चालकलाई फोन गरेर ‘शव के गर्ने’ जानकारी भन्दा सञ्चालकले ‘प्रहरी अथवा प्रादेशिक अस्पतालबाट कुनै फोन आए नआएको’ चालकलाई सोधे। चालकले कुनै फोन नआएको बताएपछि एम्बुलेन्स सञ्चालक महाशंकर ठाकुरले आफन्तले भनेअनुसार गर्न सुझाव दिए।

मृतक पुरुषका आफन्तले शवलाई गाउँसम्म पुयाइदिन भनेपछि चालक डेवडिहातर्फ लागे। शव पुग्नुअघि त्यहाँ प्रहरी पुगिसकेको थियो। र, कोरोनाको जाँच नै नगरी शव किन ल्याएको भन्दै प्रहरीले झपारेपछि तत्काल प्रादेशिक अस्पताल लगियो।

२४ घन्टाभन्दा बढी भइसक्दासमेत शव व्यवस्थापन हुन नसकेपछि एम्बुलेन्समै रहेको संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय सदस्य एवं प्रदेश २ का संयोजक ठाकुरले जानकारी दिए।

कोरोनाको आशंकाकै आधारमा सरोकारबला निकायले व्यवस्थापन गर्न नसक्दा २४ घन्टाभन्दा बढी समयदेखि शव एम्बुलेन्समै अलपत्र परेको ठाकुरले बताए।

२४ घन्टासम्म शव एम्बुलेन्समै अलपत्र परेपछि मृतक परिवारका सदस्य समेत तनावमा रहेको उनको भनाइ छ। यसबारे प्रादेशिक अस्पताल जनकपुरका कोभिड संयोजक डा।जामुन सिंहसँग जानकारी लिन खोज्दा उनको फोन उठेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय