नेपालमा प्लाज्मा थेरापीबाट २० जना संक्रमितको सफल उपचार

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ १२ गते १७:२०

नेपालमा कन्भालसेन्ट प्लाज्मा थेरापीबाट विधिबाट हालसम्म २० जनाको कोभिड बिरामी सफल उपचार गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण भई निको भएका घर फर्किएका व्यक्तिको ठुलो भुमिका रहेको बताए।

पछिल्लो समयमा कोभिड संक्रमितको व्यक्तिलाई प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको डा. गौतमले बताए।

उनका अनुसार हालसम्म २० देखि ५९ वर्षका ३७ जना, बुटबलमा २, अन्य २ र धरानमा एक जना गरी हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेका छन्।

उहाँले गर्नुभएको रक्तदानले संक्रमित बिरामीले लागि नयाँ जीवन पाउँछन्, डा.गौतमले भने।

नेपालमा पहिलो पटक प्लाज्मा थेरापीबाट डा. ज्ञानेन्द्र कार्कीको उपचार गरिएको थियो।

तर, कोरोना लागि प्लाज्मा थेरापी प्रमाणित उपचार विधि होइन। विज्ञको अनुसार यो उपचार विधि ट्रायलमा रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय