कोरोना संक्रमणले शुक्रबार ११ जिल्लाका मानिसको मृत्यु, संख्या १९५ पुग्यो

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणको कारण १२ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो विवरण अनुसार   ८ पुरुष र  ४ जना महिला को मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुरका ५२ वर्षिय पुरुष, पर्साका ७२ वर्षिय पुरुष, धनुषाका ४५ वर्षिय पुरुष, सिराहाका ५५ वर्षिय पुरुष, झापाका ८३ वर्षिय पुरुष रहेका छन्।

त्यसैगरी, मोरङकी ५६ र ६५ वर्षिया महिला, मकवानपुरका ७१ वर्षिया महिला रहेकी छिन्।

चितनवनमा ५१ वर्षिय पुरुष, कास्कीमा ५२ वर्षिय पुरुष र रुपदेहन्हीमा ६० वर्षिय पुरुष रहेको छन्।

आजमसम्म संक्रमित मध्ये मृत्यु हुनेको प्रतिशत ०.५३ रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका सहित नेपालमा कुल संक्रमित संख्या ३६ हजार ४ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय