देशभर थपिए ६ हजार २०२ बेड , थप ३ अस्पताल कोभिडमा सुचीकृत

कोरोना संक्रमितको संख्या बढ्दै सँगै सरकारले बेड संख्या बढाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना बिफिङमा देशभर ६ हजार २ सय २ बेड थपिएको बताए।

केन्द्रीय अस्पतालमा हाल एक हजार बेड थप गरेको छ । त्यसैगरी, प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ र अस्पताल नभएका ६४९ स्थानीय पालिकामा ५ शय्याको अस्पतालको दरले ३ हजार २ सय ४५ बेड थप भएको डा. गौतमले बताए।

डा. गौतमका अनुसार बेड सँगै त्यसलाई आवश्यक हुने जनशक्ति पनि थप गरिएको छ।

त्यसैगरी, सरकारले थप ३ निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सुचीकृत गरिएको छ।

जसमा वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा सुचीकृत गरिएको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय