उपत्यकामा ४ सय १५ सहित देशभर ९ सय २७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना अपडेट मार्फत कूल संक्रमित संख्या ३६ हजार ४ सय ५६ पुगेको बताए।
आज देशभर १६ हजार १९ संक्रिय संक्रमित र ८ हजार ९ हजार ४९ क्वारेन्टाइनमा रहेको डा. गौतमले बताए।

काठमाडौं उपत्यकामा मात्रै शुक्रबार ४ सय १५ संक्रमित थपिएका छन्।

काठमाडौंमा ३ सय ५०, ललितपुर ११ र भक्तपुरमा ५४ गरी  ४ सय १५ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार देशभर १ सय ७९ जनाले संक्रमण जितेका छन्। यससँगै कोरोना संक्रमण निको हुनेको सख्या २० हजार २ सय ४२ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय