उद्याेगपति विनोद चौधरीलाई कोरोना संक्रमण

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ १२ गते १३:२५

औद्याेगिक घराना चौधरी ग्रुप (सिजी) का अध्यक्ष तथा नेपाली कांग्रेस सांसद विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन्।

उनले शुक्रबार माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत उक्त जानकारी दिएका हुन्। कोरोना पुष्टि भएपछि आइसोलेसनमा बसिसकेको बताएका उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आह्वान गरेका छन्।

शुक्रबार बिहान उनकाे स्वाब परीक्षण भएको थियाो। ‘भगवानको कृपाले मलाई काेराेनाको कुनै लक्षण देखिएकाे छैन’ उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय