काठमाडौं यी ठाउँमा बन्दैछन् आइसोलेसन र क्वारेन्टाइन

काठमाडौं उपत्यकामा आइसोलेसन र एकीकृत क्वारेन्टाइन बनाउन सम्भावित स्थान छनोट गरिएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र उपत्यका नगरपालिका फोरमबीच बिहीबार भएको छलफलबाट सम्भावित स्थान चयन गरिएको हो।

मध्यपुर थिमीका मेयर समेत रहेका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठका अनुसार निषेधाज्ञाको अवधि (एक साता) मै आइसोलेसन र क्वारेन्टाइन बनाइने छ।

सरकारले उपत्यकामा क्वारेन्टाइन ६ हजार र ५ हजार बेड आइसोलेसन बनाउने निर्णय गरिसकेको छ।

श्रेष्ठका अनुसार भृकुटीमण्डपको हल र दशरथ रंगशालामा एकीकृत क्वारेन्टाइन बनाउने सहमति भएको छ।

आइसोलेसनका लागि विद्यालयका होस्टल, विद्यालय, मेडिकल कलेजलाई अगाडि सारिएको छ।

आइसोलेसनका प्रस्तावित स्थान

– पुल्चोक इन्जिनियरिङ कलेज
– लिटल एन्जल स्कुल
–जेम्स स्कुल
–सेन्ट जेभियर्स स्कुल
– दरबार हाइस्कुलको भवन
– काठमाडौं इन्जिनियरिङ कलेज
– एन्फा एकेडेमी
– मनमोहन मेडिकल कलेज
– नेपाल इन्जिनियरिङ कलेज
– महेन्द्रनारायण अस्पताल
– राधास्वामीको भवन
– जनमैत्री अस्पताल
–चिरायु अस्पताल
–भक्तपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्र
– बालकोटको रेडक्रस भवन
– पशुपतिको वृद्धआश्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय