मन्त्रीस्तरीय निर्णयबाटै १२औं तहका विशेषज्ञको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसङ्यामन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्बाटै सचिव सरहका प्रमुख विशेषज्ञ (१२औं तह विशिष्ठ) श्रेणीको जिम्मेवारी हेरफेर गरेका छन् । सचिव सरहको जिम्मेवारी एवं पदस्थापन मन्त्रीपरिषद्बाटै गर्ने व्यवस्था छ ।

मन्त्री ढकालले विहीबारकै निर्णयबाट सिसिएमसीमा मन्त्रालयका तर्फबाट मेडिकल अपरेसन हेर्दै आएका महेन्द्र श्रेष्ठलाई नीति योजना महाशाखाको प्रमुखसहित कोभिड १९ को फोकल पर्सनको जिम्मेवारी दिएका छन् ।

त्यसैगरी १२औं तहकै अर्का चिकित्सक डा. रोशन पोखरेललाई जनसङ्ख्या तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी तोकिएको छ ।

११ तहको जिम्मेवारी मन्त्रीस्तरीय निर्णयबाट भएपनि १२औं तहको मन्त्रीपरिषद्ले नै तोक्ने व्यवस्था छ ।

कुनै कुराको जिम्मेवारी मन्त्रीस्तरीय निर्णयले तोकेपनि महाशाखा नै हेरफेर त मन्त्रीपरिषद्बाटै गरिनुपर्ने पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले बताए ।

‘१२औं तहका अधिकारी अवकास हुँदासमेत पत्र मन्त्रीपरिषद्बाटै आउँछ, जिम्मेवारी हेरफेर पनि मन्त्रीपरिषद्बाटै हुनपर्ने होइन र ?’ उनले भने ।

मन्त्रालयले श्रेष्ठलाई जिम्मेवारी दिएको महाशाखाको प्रमुखमा हाल डा. गुणराज लोहनी छन् । डा. लोहनीले मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको संयोजक छन् ।

‘१२औं तहका विशिष्ठ श्रेणीको व्यक्तिलाई मन्त्रीस्तरीय निर्णयबाट संयोजक तोकिनुपनि अपमान हो, कि सम्मान हो भन्ने प्रश्न उठ्छ ‘ एक बरिष्ठ स्वास्थ्य अधिकारीले भने ।

मन्त्रालयको पछिल्लो जिम्मेवारीसँगै डा. लोहनीको भूमीका खुम्च्याएर श्रेष्ठको भूमीका बढाउँन खोजिएको बुझाई मन्त्रालयका अधिकारीहरुको छ ।

स्वास्थ्य सेवामा १२औं तहका तीन दरवन्दी छन् । जसमध्ये दुई महाशाखा र एउटा विभागको महानिर्देशक १२औं तहको हुने व्यवस्था छ । महानिर्देशकमा डा. दिपेन्द्ररमण सिंह छन् ।

७ महिनादेखि मुलुक महामारीको सामना गरिरहेको अवस्थामा प्राविधिक जनशक्तिलाई उपयुक्त जिम्मेवारी नदिइ सरुवा, बढुवा र जिम्मेवारी हेरेफेरको मात्रै चलखेलमा अल्झिएको भन्दै मन्त्रीको आलोचना हुँदै आएको छ ।

मन्त्रालयमा प्रमुख विशेषज्ञ ३ जना हुँदा पनि लामो समयदेखि स्वास्थ्य तर्फको सचिव पदसमेत रिक्त छ ।

महामारी सुरुभएसँगै प्रशासन तर्फका तत्कालिन सचिव यादव कोइराला र वर्तमान सचिव लक्ष्मण अर्यालसमेत नीतिगत निर्णयदेखि उपचार र परीक्षणसम्बन्धी निर्णयमा चुकिरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

जसका कारण महामारीले भयवह रुप लिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय