देशभर थपिए १ हजार १११ संक्रमित, उपत्यकामा मात्रै ३७७

पछिल्लो २४ घन्टामा देशभर १ हजार १११ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार आज थपिएका संक्रमितसँगै नेपालमा कूल संक्रमित संख्या ३५ हजार नाघेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना अपडेटमा बोल्दै कूल संक्रमित संख्या ३५ हजार ५ सय २९ पुगेको बताए।

काठमाडौं उपत्यका मात्रै ३ सय ७७ संक्रमित थपिएका छन्।

काठमाडौंमा २ सय ७०, ललितपुर ६६ र भक्तपुरमा ४१ गरी ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण गरिएको थियो।

देशभर पछिल्लो २४ घन्टामा ५ सय ६९ जनाले संक्रमण जितेका छन्। यससँगै कोरोना संक्रमण निको हुनेको सङ्ख्या २० हजार ७३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय