डा. केसीलाई जुम्लामा हिडँडुलमै रोक (भिडियोसहित)

फागुनदेखि कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा घुमेर सेवारत डा. गोविन्द केसीले स्थानीय प्रशासनले विहीबार बसेको होटलबार बाहिर निस्किनसमेत रोक लगाएको छ ।

४ सूत्रीय मागसहित एक महिनाअघि १९औं अनशनको अल्टिमेटम दिएका डा. केसीको अल्टिमेटम सकिएकै दिन स्थानीय प्रशासनले जुम्लामा हिँडडुल गर्न समेत रोकेको हो ।

डा. केसी बसिरहेको रोयल गार्डेन होटलमा जुम्लाको रोयल गार्डेन होटलबाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

डा. केसीले विहीबारदेखि अनशन सुरु गर्ने घोषणा गरेका थिए । तर, उनले विज्ञाप्तिसमेत निकालेर एक साताका लािग अनशन कार्यक्रम सारेपनि बाहिर निस्किँनै रोकिएको डा. केसीले बताए ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय