चिकित्सकमा कोरोना संक्रमण, प्रदेश अस्पतालको ओपिडी सेवा बन्द

वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा बन्द गरिएको हो।

अस्पतालमा कार्यरत दुईजना कन्सल्ट्यान्ट, चारजना मेडिकल अधिकृत र एकजना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिएका छन्।

डा. खड्काले भने, ‘अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई कोरोनाको संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउनुपर्ने भएकाले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छौं।’

हाल प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालमा २३ जना कोरोना संक्रमित उपचाररत छन्।

खड्काका अनुसार एक हप्तापछि अस्पतालको अवस्था हेरेर अर्को निर्णय गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय