कैलालीमा अहिलेसम्म ६ संक्रमितको मृत्यु

कैलालीमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। दुई महिनाअघि कोरोना संक्रमणबाट पहिलो मृत्यु पुष्टि भएको प्रदेशमा बुधबार संक्रमणका कारण थप एकको मृत्यु हुँदा मृतकको संख्या ६ पुगेको हो।

हालसम्म संक्रमणका कारण मृत्यु हुनेका कैललीको गोदावरी नगरपालिकाका तीन, धनगढी, बर्दगोरीया र लम्कीचुहाका एक-एक जना रहेका छन्। मृतकमध्ये तीन जनामा मृत्युपछि संक्रमण पुष्टि भएको थियो भने तीन जनाको संक्रमण पुष्टि भएपछि मृत्यु भएको हो ।

कैलालीमा जेठ २४ गते कोरोना संक्रमणका कारण पहिलो मृत्यु भएको थियो। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो। उनमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको छ।

यसैगरी असार ३ मा कोरोना भाईरसको संक्रमणले कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो।

उनलाई न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएकोमा अस्पतालले स्वाव परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो। उनको पनि मृत्यु पछि मात्रै रिपोर्ट आएको थियो।

असार ३ गते नै कैलालीको गोदावारी नगरपालिकाका ४६ वर्षीय पुरुषको समेत मृत्यु भएको थियो। उनको संक्रमण पुष्टि भएपछि मृत्यु भएको हो।

कैलालीका असार १३ गते चौथो संक्रमितको मृत्यु भएको थियो। मृत्यु हुनेमा कैलालीको गोदापरीका–७ का पुरुष रहेका थिए। क्यान्सर पीडित रहेका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनका मृत्युअघि नै संक्रमण पुष्टि भएको थियो।

यसै गरी साउन ३२ गते कैलालीमा पाँचौ व्यक्तिको मृत्यु भएका हो । मोहन्याल गाउँपालिका–३ मा पुगेका ४९ वर्षीय पुरुषको मृत्यु पछि संक्रमण पुष्टि भएको हो । उनको भदौ १ गते दाहसंस्कार गर्नु गरिएकोमा भदौ ९ गते संक्रमण पुष्टि भएको थियो।

कैलालीका छैटाै‌ मृतक संक्रमितको भदौ १० गते मात्रै सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। भदौ ८ गते संक्रमण पुष्टि भएका ती व्यक्ति गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुष हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय