बुटवलको कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ भदौ ११ गते ८:२५

बुटवलको कोरोना अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका- १ का ५० वर्षीय पुरुष रहेका कोभिड अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाले बताए।

लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनको अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

भदौ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। ६ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

यससँगै प्रदेश ५ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय