आइसियु र भेन्टिलेटरमा उपचार हुने संक्रमितको संख्या बढ्दो, बागमतिमा मात्रै १३ जना भेन्टिलेटरमा

नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ। गम्भीर अवस्थाका संक्रमितको थपिने क्रम पनि उच्च छ। केहि सातादेखि आइसियु तथा भेन्टिलेटरमा जाने संक्रमितको संख्या बढिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत भदौ १ मा ६ जना भेन्टिलेटरमा तथा १ सय ७ जना आइसियुमा उपचाररत थिए। आजसम्म आइपुग्दा १४ जना भेन्टिलेटरमा र सहित १ सय ५१ जना आइसियुमा उपचारत छन्।

आइसियु तथा भेन्टिलेटरमा जाने बिरामी बढेसँगै मृत्युको संख्या पनि त्यसै अनुपातमा बढिरहेको छ।  बुधबार मात्रै ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
अझै कोरोना संक्रमितको संख्या थपिने र त्यही अनुपादमा मृत्युदर बढ्ने विज्ञहरूले चेतावनी दिइरहेका छन्।

बुधबार बागमती प्रदेशमा सबैभन्दा धेरै ७१ जना संक्रमित आइसियुमा उपचारत रहेका छन्। बागमतिमै सबैभन्दा बढी १३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १६ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ। प्रदेश २ मा ४४, गण्डकीमा ३ र प्रदेश ५ मा १७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

बढ्दै छ आइसियु र भेन्टिलेटरमा जाने संख्या ?

विज्ञका अनुसार संक्रमित मध्ये ८० प्रतिशत बिरामी अस्पताल भर्ना नगर्नुपर्ने र घरमा सुरक्षित साथ आइसोलेसनमा बस्न सकिने बताउँदै आएका छन्।

बाँकी २० प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ। जसमध्ये ५ प्रतिशतलाई आइसियु तथा भेन्टिलेटरको आवश्यकता पर्ने हुन्छ। आइसियु तथा भेन्टिलेटरमा गएको २ प्रतिशतको मृत्यु हुने विज्ञले बताउँदै आएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भदौ २ मा १२६ आइसियु र ८ जना भेन्टिलेटरमा रहेका थिए। भदौ ३ मा १३७ आइसियु र ६ जना भेन्टिलेटरमा, भदौ ४ मा १३६ आइसियु र ७ भेन्टिलेटर, भदौ ५ मा १४८ आइसियु र १५ जना भेन्टिलेटरमा उपचाररत थिए।

त्यसैगरी, भदौ ६ मा १४७ आइसियु र १२ जना भेन्टिलेटरमा, भदौ ७ मा १५५ आइसियुमा र १० भेन्टिलेटर, भदौ ८ मा १५३ आइसियु र १५ जना संक्रमित भेन्टिलेटरमा उपचारत थिए।

भदौ ९ मा १६३ आइसियु र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय