भक्तपुर नगरका कुन वडामा कति संक्रमित?

भक्तपुर नगरपालिका क्षेत्रमा बुधबारसम्म ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यसमा १६ जना निको भइसकेका छन्। बाँकी २४ जना आइसोलेसनमा बसेका छन्। संक्रमित हुनेमा पुरुष २४ र महिला १६ जना छन्।

भक्तपुरमा १० वडा छन्। सबै वडामा कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा बढी वडा ३ मा संक्रमित पुष्टि भएको छ, जहाँ ९ जना संक्रमित छन्।

सबैभन्दा कम संक्रमित भएका वडाहरू ६, ७, ८ हुन्। ती सबै वडामा १–१ जनामात्र संक्रमित रहेका छन्। त्यसपछि वडा १ र २ रहेका छन्। त्यसमा ६–६ जना संक्रमित रहेका छन्। वडा ४ र ५ मा ५–५ जना, वडा ९ मा ४ जना, वडा १० मा २ जना छन्।

यो तथ्यांक भक्तपुर नगरपालिकाभित्र कोरोना संक्रमण भएका तथा उनीहरूको सम्पर्कमा आएकाको विवरणअनुसारको हो।

संक्रमित भएका व्यक्तिसँग कन्ट्रयाक ट्रेसिङमा रहेको व्यक्ति २ सय ७६ जनाको पिसिआर परीक्षण गरेको थियो। सबैभन्दा बढी कन्ट्रयाक ट्रेसिङमा वडा १ मा जम्मा ६५ जना थिए। सबैभन्दा कम वडा ७ मा ४ जनामात्र थिए।

दोस्रोमा वडा ९ मा ६१ जना, वडा २ मा ३२ जना, वडा ५ मा २५ जना, वडा ३, ६ र ९ मा १६–१६ जना, वडा ४ मा ११ जना र वडा ८ मा ९ जना कन्ट्रयाक टे«सिङ गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ।

भक्तपुर नगरपालिका क्षेत्रमा अहिलेसम्म मृत्यु हुनेको संख्या शून्य रहेको छ। जिल्लाभर भने अहिलेसम्म तीन जनाको मृत्य भइसकेको छ।

भक्तपुर जिल्लाभरमा जम्मा संक्रमित ३ सय १२ संक्रमित छन्। त्यसमा ६९ जना निको भइसकेका छन्। भक्तपुरमा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनाक र चाँगुनारायण गरी चार नगरपालिका छन्।

यीमध्ये सबैभन्दा बढी मध्यपुर थिमि नगरपालिकामा संक्रमित छन् भने सबैभन्दा कम चाँगुनारायण नगरपालिकामा छन्। मध्यपुर थिमिपछि सूर्यविनायक नगरपालिकामा बढी संक्रमित पुष्टि भएको तथ्यांक छ।

जिल्लामा पहिलोपल्ट मध्यपुर थिमिमा एक जना र चाँगुमा एक जना कोरोना संक्रमित पुष्टि भएको थियो। त्यसमा थिमिमा डेरामा बस्ने थिए भने चाँगुमा आफ्नै घर भएका स्थानीय थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय