माइल्ड संक्रमितलाई १४ दिनपछि परीक्षण नगरी डिस्चार्ज गर्नु : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका र माइल्ड खालका संक्रमितलाई १४ दिनपछि परीक्षण नै नगरी डिस्चार्ज गर्नेको लागि निर्देशन दिएको छ।

सातै प्रदेशमा रहेको कोभिड १९ अस्पतालमा लक्षण विहिन संक्रमितलाई १० दिनमा परीक्षण गरी डिस्चार्ज गर्ने व्यवस्था मिलाउनको लागि सरकारले सो निर्देशन दिएको हो।

मन्त्रालयको प्रेस व्रिफङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले यदि १० दिनमा पोजेटिभ आएमा १४ दिनमा परीक्षण नै नगरि डिस्चार्ज गरी व्यवस्था गर्ने सबै अस्पताललाई निर्देशन दिएका हुन्।

हाल लक्षणविहिन संक्रमितले अस्पतालका बेड भरिएका छन् भने लक्षण भएका संक्रमितले अस्पतालको बेड नपाउने अवस्था सिर्जना भएको छ।

सरकारले लक्षण विहिन संक्रमितका लागि आइसोलेसन सेन्टर वा होम आइसोलेसनमा बस्नको लागि प्रबन्ध मिलाएको छ।

१४ दिनभन्दा बढी लक्षण नभएका र माइल्ड केसका संक्रमितलाई अस्पताल राखिएमा सरकारले भुक्तानी नदिने डा. गौतमले बताए।

बुधबार देशभर १४ हजार ७ सय ९९ जना संक्रिय संक्रमित रहेको छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय