थप ११ जनाको कोरोना संक्रमितको मृत्यु ( विवरण सहित)

पछिल्लो विवरण अनुसार नेपालमा थप ११ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौमतले ९ पुरुष र २ महिलाको संक्रमणबाट मृत्यु भएको बताए।

मृत्यु हुनेमा कैलालीको ४५ र ५० वर्षका दुई पुरुष रहेका छन्। महोत्तरीका ६०,७२ का पुरुष र बाँकेका ३७ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौंका ५१ वर्षका पुरुष, मोरङका १ महिला , बारा ४१ र ६६ वर्षका पुरुषको संक्रमणबाट मृत्यु भएको छ।

त्यसैगरी, भक्तपुरका ५३ बर्षिय महिलाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट १ सय ७५ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय