उपत्यकामा थप ३ सय १ जनामा संक्रमण, संख्या ४ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय १ जना कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका हुन।

आज थपिएका सहित उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार १९ पुगेको छ।  काठमाडौं उपत्यकामा आज थपिएको संख्या हालसम्मकै उच्च हो।

यो सँगै काठमाडौंमा ३ हजार १ सय ८५, ललितपुरको ५ सय १० र भक्तपुरमा ३२४ संक्रमित पुगेका छन्।

बुधबार  थप ८ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै नेपालमा संक्रमित संख्या ३४ हजार ४ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट १ सय ७५ जनाको मृत्यु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय