बुधबार थप ८ सय ८५ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

पछिल्लो २४ घन्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थपिएका सँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौमतले बताए।

त्यसैगरी, बुधबार थप ३८५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। यो सहित हालसम्म १९ हजार ५ सय ४ संक्रमण मुक्त भएका छन्।

हाल १४ हजार ७ सय ९९ जना संक्रिय संक्रमित रहेको डा. गौतमले बताए।

बुधबार थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १७५ जनाको संक्रमितको मृत्यु भएको छ।

कुन जिल्लामा कति ?

बुधबार ४७ जिल्लामा ५ सय ८६ पुरुष र २ सय ९९ महिलामा संक्रमण पुष्टि भएको छ।

प्रदेश १ को खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३ र सुनसरीमा ५५ जना संक्रमण पुष्टि भएको छ।

प्रदेश २ को धुनषाका ४३, पर्साका १, बाराका २४, महोत्तरीका १८, रौतहटका २०, सप्तरीका १, सर्लाहीका १ सय २० जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बागमती प्रदेशमा काठमाडौंका २ सय ३०, काभ्रेका २१, चितवनका ४२, दोलखा र धादिङका २–२, भक्तपुरका २४, मकवानपुरका १८, रामेछापका १, ललितपुरका ४७ र सिन्धुपाल्चोकका १ जनामा संक्रमण देखिएको छ।

गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा १, नवलपरासी पूर्वमा ७, लमजुङमा २३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, प्रदेश ५ को नवलपरासीमा २, प्युठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९, रोल्पा र जाजरकोटमा १–१ जनामा कोरोना संक्रमित भेटिएका छन्।

कोरोना भेटिनेमा कर्णाली प्रदेशको दैलेख र सल्यानका १÷१ र सुर्खेतका ७ जनामा संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशको अछामका २०, कञ्चनपुरका २, कैलालीका २९, डडेल्धुरा र डोटीका २–२ जना संक्रमित भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय