बाँकेमा चिकित्सक ७ सहित ३८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बाँकेमा हालसम्म ३८ जना स्वास्थ्यकर्मी र १७१ जना सरकारी कर्मचारीमा गरी २०९ पेशाकर्मीमा कोरोना पुष्टि भएको छ।

कोरोना महामारी सुरु भएको समयदेखि हालसम्म बिभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूको पिसिआर परीक्षणबाट ३८ जना स्वास्थ्यकर्मी र १७१ जना सरकारी कर्मचारी गरी २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले हालसम्म कोरोनाविरुद्धको युद्धमा ३८ जना स्वास्थ्यकर्मी, ९६ जना सुरक्षाकर्मी र ३७ जना रास्ट्रसेवक कर्मचारीमा संक्रमित भएको जानकारी दिए।

बाँकेमा संक्रमित हुनेहरूमा चिकित्सक ७, स्टाफ नर्स १७, ल्यावकर्मी १, पारामेडिक्स ६ र हेल्पर ७ गरी ३८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

यसैगरी प्रहरी ५१, सशस्त्र प्रहरी १५, नेपाली सेना ३०, कैदीबन्दी १०, थुनुवा २, नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधि र कर्मचारी २२, राप्तीसोनारी जनप्रतिनिधि १, आन्तरिक राजस्व कार्यालयका ११, जिल्ला अदालत ५, यातायात १, अख्तियार १, नेपाल राष्ट्रिय बाणिज्य बैंक १८, भन्सार कार्यालय २ नेपालगञ्ज मेडिकल कलेज प्रशासनिक कर्मचारी २ गरी १७१ जना संक्रमित भएका छन्।

संक्रमण देखिएका कर्मचारीहरूमा कार्यालय प्रमुखदेखि सातजना डाक्टरहरू समेत छन्। नेपालमा गत चैत्र ११ देखि सुरु भएको महामारीको नियन्त्रण प्रयास हालसम्म पनि जारी छ।

यो अवधिमा स्वंय कोरोना नियन्त्रण तथा रोकथाम गर्न अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई समेत संक्रमणले आक्रमण गरेको छ। मंगलबार साँझसम्म जिल्लामा ८ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय ६० जना डिस्चार्ज भई घर फर्किदा ५ जनाले ज्यान गुमाउनु परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय