नर्सिङ संघले भन्यो– स्वास्थ्यकर्मीको जीवनरक्षा गरियोस्

नेपाल नर्सिङ संघले सम्पुर्ण स्वास्थ्यकर्मीको जीवनरक्षा गर्नको लागि सरकारसँग आग्रह गरेको छ।

कोरोना भाइरस( कोभिड १९) उपचार तथा रोकथाममा फन्टलाइनमा रहेका स्वास्थ्यकर्मी माथि कार्य क्षेत्र वा बसोवास गर्न स्थानमा समाजका केहि मानिसले अमानविय कार्य र दुरव्यवहार जस्ता घटना घट्दै गएको भन्दै संघले सम्बन्धित निकाय सँग सो अपिल गरेको हो।

संघले बुधबार एक विज्ञप्ती निकाल्दै यस्ता अमानविय कार्यको संघले घोर भत्सर्ना प्रकट गरेको छ। स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभुति दिलाउनको लागि सरकारलाई ध्यानकर्षण समेत गराएको छ।

कोरोना संक्रमित सम्पुर्ण नर्स, स्वास्थ्यकर्मी तथा आम नागरिकलाई शिघ्र स्वास्थ्यलाभको कामना समेत संघले गरेको छ।

हालसम्म ५ सयको हाराहारीमा स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय