भक्तपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

भक्तपुरमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो।

धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए।

ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। महिलाको परिवारका सात सदस्यको पिसिआर परीक्षणका लागि मंगलबार नै नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरिसकेको थापाले बताए।

सूर्यविनायक नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमित तीनजनाको मृत्यु भएको सूर्यविनायक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईले जानकारी गराए। जसमा वडा नम्बर १ का १ जना र वडा नम्बर ८ का २ जना रहेको उनले जानकारी गराए। हालसम्म सुर्यविनायक नगरपालिकामा ८२ जना संक्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय