जोखिम भत्ता नपाएको भन्दै नोबेल अस्पतालका ५५ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

मंगलबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत ५५ नर्स र प्यारामेडिक्सहरूले सामूहिक राजीनामा दिएका छन्।

व्यवस्थापन पक्षलाई बुुझाइएको राजीनामा पत्रको मुुख्य आशय अतिरिक्त जोखिम भत्ता र समयमा पारिश्रमिक नदिएको, सरकारको हेल्थ प्रोटोकल विपरीत काममा लगाइएको, त्रासबीच काम गर्न बाध्य बनाइएको, कोराना संक्रमित नर्सलाई अस्पतालमा आइसोलेसन बनाएर नराखिएका लगायत छन्।

गत चैतदेखि सुरु भएको लकडाउनको बीचमा ज्यान जोखिम मोलेरै काम गरिरहेका स्वास्थ्यकर्मीप्रति व्यवस्थापन अनुुदार बनेको राजीनामा दिने नर्सहरूको भनाइ छ। उनीहरूले न्यूनतम मानवीय व्यवहारसमेत प्रस्तुत नगिरएको भन्दै श्रमको चर्को शोषण भइरहेको आरोप लगाएका छन्।

‘नगन्य तलवमा काम गरिरहेका दर्जनौं नर्सहरूले महिनौंदेखिको तलब पाएका छैनौं,’ एक नर्सले भनिन्, ‘हामीलाई न्युनतम मानवीय व्यवहारसमेत भएन।’

उनका अनुसार राजीनामा दिनै सबै इमर्जेन्सी विभागमा कार्यरत छन्। बिरामी आउँदा सिधै पहुँचमा हुने यस्ता स्वास्थ्यकर्मी कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन्। तर, उनीहरूको स्वास्थ्यप्रति व्यवस्थापन सधैं अनुुदार बन्ने गरेको नर्सहरूको गुनासो छ।

विराटनगरका प्रायः सबै अस्पतालले ओपिडी सेवा बन्द गरिसक्दा नोवेल अस्पताल सञ्चालनमै रहेको थियो।

सेवाग्राही अत्यधिक भीड हुँदा संक्रमणको उच्च जोखिमका बीच काम गरिहेका एक दर्जन नर्स अहिले संक्रमित अवस्थामा छन्। उनीहरू प्रायः विराटनगरमा डेरा गरेर बस्ने गर्छन्। डेरामा बस्ने स्वास्थ्यकर्मीलाई अवहेलना भएको भन्दै अस्पतालमै आइसोलसनमा राख्न माग राख्दा व्यवस्थापनले घर जान उर्दी दिएको संक्रमित नर्सले गुनासो पोखन्।

‘घरभेटीले कोरोना लागेको थाहा पाएपछि नबस्न भने,’ उनले भनिन्, ‘अहिले साथीको डेरामा झुटो बोलेर बसिरहेका छौं। धन्न असामान्य लक्षणचाहिँ देखिएको छैन।’

लामो समयदेखि पारिश्रमिक नपाएका चिकित्सकहरू जागिर छाड्ने या बस्ने भन्ने अन्योलमा रहेको त्यहाँ कार्यरत अध्ययन गरिरहेका एक चिकित्सकले जानकारी दिए।

उनले अलिक चर्को स्वरमा बोल्नेलाई व्यवस्थापनबाट थ्रेट आउने भन्दै भित्र भित्रै हेपिएर र पीडित बनेर बस्ने स्वास्थ्यकर्मी धेरै रहेको बताए। ‘चाहिने कुरामा केही असन्तुुष्टि पोखे व्यवस्थापनले सिधै गेटआउट भन्दिन्छ।’

उनले भने, ‘महिनौं काम नपाएर चुप बसिरहँदा पनि सहनै परेको छ। बोल्यो कि जागिर जान्छ।’

यता राजीनामा दिएका ५५ स्वास्थ्यकर्मीको राजीनामा स्वीकृत गर्ने तयारीमा व्यवस्थापन पक्ष रहेको देखिन्छ।

अस्पतालका प्रबन्धक नारायण दाहालले आन्दोलनरत स्वास्थ्यकर्मीले ५ हजार जोखिम भत्ता मागेको व्यवस्थापन पक्षले ४ हजारसम्म दिने तयारी गरेपनि उनीहरूले नमानेको बताए।

‘हामीले उनीहरूको माग बुुझेकै हौं,’ दाहालले भने, ‘१ हजारमा कुरा मिलेन र राजीनामा दिए।’

उनले स्वास्थ्यकर्मीहरूले आरोप लगाएजस्तो व्यवस्थापनले कुुनै विभेद नगरको जिकिर गरे। ‘हामी पनि हाम्रा डाक्टर, नर्स र कर्मचारीको स्वास्थ्यप्रति गम्भीर छौं नि,’ उनले स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय