स्वास्थ्यकमीकै ‘कोरोना बीमा’मा ढिलाइ

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ १० गते १०:१७

भदौं १०– कोरोना कहरसँगै ठूलो संख्यामा स्वास्थ्यत्रर्मीसमेत संक्रमित भइरहे पनि सरकारले घोषणा गरेअनुसार सबै स्वास्थ्यकर्मीको कोरोना बीमा समेत गरेको छैन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको २८५ नम्बर बुँदामा सरकारले कोभिड १९ उपचारमा खटिने स्वास्थ्यकर्मीको १ लाखको निःशुल्क कोरोना बिमा गर्ने घोषणा गरेको थियो ।

आर्थिक वर्ष सुरु भइसकेर महामार चरम भइरहेकै अवस्थामा कोरोना बीमाका लागि कुनै पहल नगरेको भन्दै स्वास्थ्यका पेशागत एवं ट्रेड युनियानहरुले स्वास्थ्य सेवा विभागका महानिर्देशकको ध्यानाकर्षण गराएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले कोभिड १९ को पहिचान, रोगथाम तथा नियन्त्रणमा दिन रात खटी रहनु भएका राष्ट्र सेवक कर्मचारीहरुको कोरोना बीमाको व्यवस्था गर्न महानिर्देशकको ध्यानाकर्षण गराएको जानकारी दिए

घिमिरेका अनुसार यसका लागि सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई पत्र लेख्नुपर्ने हुन्छ ।

उनले बीमाका लागि सबै कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको बिबरण सहित सम्बन्धित निकायमा पत्राचार गर्नुपर्ने बताए ।

महानिर्देशकसँगको भेटमा लामो समय पश्चात शुरु भएको स्तरबृद्धिको काम पुनः केही ढिला भएकोले त्यसलाई फेरी गति दिनसमेत आग्रह गरेको घिमिरेले जानकारी दिए ।

यसबीचमा सरकारले कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिमभत्ता उपलब्ध गराउने भनेपनि हालसम्म सबै स्वास्थ्यकर्मीले पाउँन सकेका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय