बाँकेका ६ सय ६० ले जिते कोरोना

कोरोना संक्रमण पुष्टि भएका बाँकेका ६ सय ६० संक्रमणमुक्त भई कोरोना जितेका छन् ।

जिल्लामा ८ सय ४४ जनामा संक्रमण देखिएकोमा बुधबार बिहानसम्म ६ सय ६० जना संक्रमणमुक्त भएका हुन ।

बाँकेका कोरोना फोलक पर्सन नरेश श्रेष्ठका अनुसार बुधबार बिहान थप ६ जना डिस्चार्ज भएका छन ।

उनिहरुको बिदाईसँगै बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको सँख्या ६६० पुग्नेछ ।

नेपालगन्जका ४ र खजुराको २ जना आज डिस्चार्ज भएका हुन ।

बाँकेमा हालसम्म पाँच जनाले कोरोनाबाट ज्यान गुमाईसकेका छन भने १७९ जना आईसोलेशन सेन्टरमा उपचाररत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय