अनमी, सिएमएलगायतका २३८ टि-एसएलसी कार्यक्रम र प्रमाणपत्र तह खारेज (आयोगको निर्णयसहित)

राष्ट्रिय चिकित्साशिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तािलम परिषद् (सिटिइभिटी) अन्तर्गत संचालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा ऐनको दफा ४२ मा टेकेर साउन ३० मा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।

आयोगले दफा १५ (४)अनुसार परिषद्ले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम यसैशैशिक्षक सत्रबाट संचालन नगर्ने नगराउने निर्णय गरेको छ ।

योसँगै अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ । आयोगले स्तरउन्नती गर्नसक्ने अवस्थामा लचिलो बन्ने निर्णय गरेपछि धेरै कलेहरु प्रभावित हुनेछन् ।

आयोगले विश्वविद्यालय प्रतिष्ठान र सो अन्तरगतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्ने नगराउने र संचालमा रहेका यस्ता कार्यक्रमहरुको अध्ययन अवधि पूरा भएपपछि स्वतः फेजआउट हुने निर्णय गरेको छ ।

यसअघि त्रिविले पिसिएल तह खारेज गरेपनि स्वास्थ्यका केही विषयमा यो कार्यक्रम जारी थियो ।

आयोगका सदस्य सचिव एवं प्रवक्ता डिल्लीराम लुँइटेलले ऐनकै व्यवस्थाअनुसार सिटिइभिटीले चलाउँदै आएको प्रमाणपत्र तह मुनिको स्वास्थ्य विषयका कार्यक्रममा यस वर्षदेखि भर्ना लिन नपाउँने निर्णय गरिएको जानकारी दिए ।

उनले त्रिभूवन विश्वविद्यालयले संचालन गर्दै आएको पिसिएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन नपाउँने निर्णय भएको जानकारी दिए ।

‘एमडिएमएसलगायत स्नातकोत्तर तहका विभिन्न विषयका सिट तोकिएका छन्’ उनले भने, ‘तीबाहेक आयोगका आन्तरिक कार्यविधि पास गर्ने काम भएको छ’

तर, प्रस्तावित चिकित्साशिक्षा नियमावलीमा विषय मिल्ने अवस्थामा अपग्रेट वा गाम्भेगरी खारेजीको व्यवस्था राखिएपनि नियमावली आउँने समय सो पाटो नै हटेपछि अन्यो सृजना भएको थियो ।

आयोगको निर्णयमा परिषद्बाट प्रमाणपत्र तहभन्दा मुनिका चिकित्साशिक्षा सम्बन्धी कार्यक्रम संचालन अनुमति प्राप्त गरेका संस्थाको हकमा ऐनले तोकेको समयअवधिभित्र यस्ता कार्यक्रमलाई मिल्ने अवस्था भएसम्म आर्को मिल्दो कार्यक्रममा स्तरोन्नती वा अर्को कुनै संसथामा गाभिएर निर्धारित मापदण्ड पूरा गरेमा स्तरोन्नती गर्ने निर्णय भएको छ ।

यसअघि चिकित्साशिक्षा ऐन आउने समयमै यो विषयमा निकै ठूलो विवाद भएको थियो । ऐनमा समेत फेजआउट गर्दै जाने शब्द उल्लेख गरेर तोकिएअनुसार स्तरउन्नतीको व्यवस्था पनि गरिएको थियो ।

तर, प्रस्तावित चिकित्साशिक्षा नियमावलीमा विषय मिल्ने अवस्थामा अपग्रेट वा गाम्भेगरी खारेजीको व्यवस्था राखिएपनि नियमावली आउँने समय सो पाटो नै हटेपछि अन्यो सृजना भएको थियो ।

परिषद्का सदस्यसचिव पुष्पमरण वाग्लेले अहिले पनि नेपालको ग्रामीण क्षेत्रको स्वास्थ्य आवश्यकता सबै टिएलएलसी तहकै उत्पादनले धानिरहेको भन्दै यसले स्वास्थ्य सेवा प्रवाहमै असर पर्ने बताए ।

उनले कोरोना महामारीको समयमा ग्रामीण क्षेत्रको ८० प्रतिशत स्वास्थय सेवा अनमी, सिएमए र ल्याब असिसटेन्टले नै धानिरहेको दावी गरे । ‘यो तहका जनशक्ति बेरोगार पनि कमै थिएँ, कलेजहरु पनि राम्रैसँग चलिरहेका थिए’ उनले भने ।

नर्सिङ कलेजलाई सम्बन्धन
आयोगले ०७६ असोज १ को बैठकको निर्णयअनुसार प्राविधिक शिक्षा तथा व्यवसायीक तािलम परिषद््मा २०६८ चैत ४ भन्दा पहिले नै नर्सिङ विषयमा सम्बन्धनका लागि आवेदन गर्ने कलेजहरुलाई सम्बन्धन दिने निर्णय गरेको छ ।

पिजी सिट निर्धारण
आयोगले ऐन बमोजिम २०७६÷०७७ का लागि स्नातकोत्तर तहका विभिन्न विषयमा सिट समेत निर्धारण गरेको छ ।

 

यस्तो छ आयोगको निर्णयको पूर्ण अंश

4 thoughts on “अनमी, सिएमएलगायतका २३८ टि-एसएलसी कार्यक्रम र प्रमाणपत्र तह खारेज (आयोगको निर्णयसहित)

  1. Cma,anm lai himali pahadi bhek mw karar, asthai mw rakhyasi kasari aru la chance pauchan rw HA, staffnurse la… Staffnurse ko.sattu A.N.M rw H.A ko sattu CMA rakhi ra hunchan jaha ni.. Tesaile HA rw staffnurse hunnan himali or pahadi bhek mw…. CMA ANM la paisa thorai lagani mw dherai pauchan.. Hami jasto HA staffnurse la privaye hospital mw monthly 7000-8000 hajar mw kam harna parcha…. Malai HA ,staff nurse ko dukkha dakhara afai runa man lagxa…jasla 3 yrs lagayara padxa.. Detail mw dukkha garara parda oarda 10,12 lakh kharcha garxa teslai barsau samma tao rin tirnai mw thikka huncha… Ani family kasari chalaucha tw tesla… Jo C.M.A , A.N.M la lak bhak 2 lakh ko amdani la 15,18 months mw sakauxan rw HA, Staffnurse bhanda dherai salary khalxan…. dukkha lagxa Ha, staffnurse lai hapako dakhara

  2. CMA, ANM hatayera tehi anusar ko job and salary dinu paryo ni tw…hataye pani salary chai attendent lai vanda kum dinxan…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय