डाक्टरविरुद्ध होइन, कोरोना विरुद्ध लडौँ– डा. कार्की
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोरोना चिकित्सकविरुद्ध नभइ, कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बताएका छन्।
स्वास्थ्य मन्त्रालयको प्रेस विफिङमा बोल्दै कार्कीले पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि भइरहेको दुर्व्यवहारले आफू निकै दुखी भएको बताए।
उनले कोरोना संक्रमणबिरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित नगर्न पनि अपिल गरे।
‘चिकित्सक वा स्वास्थ्यकर्मीलाई छिःछिः र दूरदूर नगरौँ’ उनले भने यो संक्रमण जोसुकैलाई पनि हुनसक्छ। सबैलाई उपचार गर्ने चिकित्सकहरु नै हो।’