काठमाडौं ३ जना सहित ७ जनाको कोरोनाबाट मृत्यु, संख्या १६४ पुग्यो

पछिल्लो विवरण अनुसार नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौमतले आज थपिएका सहित हालसम्म १६४ जनाको कोरोनाबाट मृत्यु भएको बताए।

पाँच वटा जिल्लाका १ महिला र ६ पुरुष गरी सात जना संक्रमितको मृत्यु भएको छ।

डा. गौतमका अनुसार काठमाडौंमा ३, सिरहा १, धनुषा १, रुपन्देहीका १ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, धनुषाका ७८, र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट १ सय ६४ जनाको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय