उपत्यकामा थप २३२ जना कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्।

मगंलबार थपिएका सँगै उपत्यकामा संक्रमित संख्या ३ हजार ७ सय १८ पुगेको छ।  त्यसैगरी, आज थप ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर ३३ हजार ५ सय ३३ जना संक्रमित भइसकेका छन्।

२४ घण्टामा ३१३ जना डिस्चार्ज भएसँगै १९ हजार ११९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।  हालसम्म कोरोना संक्रमणबाट १ सय ६४ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय