थप ८ सय ५५ जनामा कोरोना, संक्रमित संख्या ३३ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घन्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएके छ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौमतले बताए।
पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय