कर्णालीमामा दुई बालक बेपत्ता

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ ९ गते १६:१६

मंगलबार दिउँसो कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन्। पौडी खेल्ने क्रममा दैलेखको आठविस नगरपालिका–भेल्तडीका १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

बाख्रा चराउन गएका उनीहरु गर्मी भएपछि दिउँसो कर्णाली नदीमा पौडी खेल्न गएका थिए। पौडी खेल्नेक्रममा नदीको भेलले बगाएर बेपत्ता भएको स्थानीय डम्बर शाहीले जानकारी दिए।

नदीमा बगेर बेपत्ता दुवै बालकको खोजीका लागि राकमकर्णाली ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटाइएको छ। प्रहरीले उनीहरुको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब निरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय