पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालको सेवा भोलिबाट पुन सुचारु

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ ९ गते १४:५४

पूर्वाञ्चल विश्वविद्यालय, शिक्षण अस्पतालले पुन भोलिबाट आफ्नो सेवालाई पुर्ववत रुपमा सञ्चालन गर्ने भएको छ। एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टिसँगै अस्पताल प्रशासनले एक साताको लागि सम्पूर्ण सेवा बन्द गरेको थियो।

अस्पतालले संक्रमण फैलिन नदिनको लागि भन्दै भाद्र ३ बाट ९ गतेसम्मको लागि आफ्ना सेवा बन्द गरेको थियो। अस्पताल प्रशासनले आज एक सुचना निकाल्दै अत्यावश्यक सेवा लगायतका अन्य सेवा पुर्ववत रुपमा सञ्चालन हुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय