कोराना संक्रमणबाट काठमाडौं २१का कांग्रेस सभापतिको निधन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ ९ गते १३:२२

कोरोना संक्रमित नेपाली कांग्रेस काठमाडौं महानगरपालिका २१ का सभापति गोविन्द रन्जितको मृत्यु भएको छ।

ओमबहाल स्थायी घर भएका ६७ वर्षे रन्जितको मंगलबार सशस्त्र प्रहरी बलम्बु अस्पतालमा मृत्यु भएको हो।

रन्जित गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षको उमेदरवारसमेत थिए। मृत्यु भएका रन्जित नेपाल कांगेसका नेता ध्यानगोविन्द रन्जितका मामा हुन्।

नेपाल विद्यार्थी संघका नेता उज्वल बज्राचार्यका अनुसार एक साताभन्दा लामो समयदेखि होमआइसोलेसनमै बसेका थिए। अस्पताल पुर्‌याएपछि उनी पाँच दिनदेखि भेन्टिलेटरमा थिए। मंगलबार बिहान बलम्बु अस्पतालमै उनको मृत्यु भएको हो। रन्जित मुटुको पुराना बिरामी थिए।

रन्जितको श्रीमती र छोरासमेत कोरोना संक्रमणबाट आइसोलेसनमा छन्। सुरुमा विशेष कामले वीरगञ्ज पुगेका छोरा काठमाडौं आएपछि संक्रमण पुष्टि भएको थियो । छोरोसँगै परिवारै संक्रमित हुन पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय