संक्रमितको उपचार गर्दा गर्दै भेरीका अस्पतालका दुई चिकित्सकमा कोरोना संक्रमण

गुरमुरत यादव/नेपालगन्ज
प्रकाशित
२०७७ भदौ ९ गते १२:५५

डा. राजन पाण्डे

भेरी प्रादेशिक अस्पताल नेपालगञ्जका कोरोना फोकल पर्सन डा. संकेत रिसाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना महामारीको फन्टलाइनमा रहेर काम गर्दै आएका डा. रिसाललाई सोमबार संक्रमण पुष्टि भएको हो।  आइतबार एक्कासी उच्च ज्वरो देखिए पछि उनको सोमबार आरटिपीसीआर परीक्षणमा गरिएको थियो।

बिगत २ दिन देखि उच्च ज्वरो आइरहेको डा. रिसालले बताए। उनले संक्रमणबाट मुक्त भएपछि पुनः कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा खटेर बिरामीको सेवामा तल्लीन हुने बिश्वास व्यक्त गरेका छन्।

यसैबीच, बाँकेमा कोभिड–१९ विरुद्धको अभियानमा ‘फ्रन्टलाइन’ मा खटिदै आएका अर्का एक जना चिकित्सकलाई पनि कोरोना संक्रमण भएको छ ।

बरिष्ठ फिजिसियन डा. राजन पाण्डेलाई पनि संक्रमण भएपछि उनी पनि अहिले आइसोलेसनमै बसेका छन ।

दुवै जनाले सार्वजनिकरुपमै आफुलाई संक्रमण भएको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी दिएका छन ।  दुबै चिकित्सक सहित भेरीमा सोमवार अन्य दुई जना कर्मचारीमा समेत कोरोना देखिएको थियो ।

बांके,बर्दिया लगायतका क्षेत्रमा स्वास्थ्य क्षेत्रका चर्चित अनुहार संकेत रिसालले भेरी अस्पतालमा बिगत झण्डै दुई दशक देखी लगातार स्वास्थ्य सेवा गदै आएका थिए।

डा. संकेत रिसाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय