हेल्थपोस्ट नेपाल तेस्रो वर्षमा

हेल्थपोस्ट नेपाल डटकम तेस्रो वर्षमा प्रवेश गरेको छ।

हेल्थपोस्ट नेपाल नेपइनसाइट मिडिया प्रालिको सहप्रकाशन हो।

प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक सुन्दर खनालले हेल्थपोस्ट नेपालको तेस्रो वार्षिकोत्सवको अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखक, शुभेच्छुक तथा पत्रकार, कर्मचारीहरुलाई शुभकामना तथा धन्यवाद ज्ञापन गरेका छन्। उनले आम जनताको स्वास्थ्य एंव स्वास्थ्य सूचनाका लागि हेल्थपोस्ट नेपाल निरन्तर वकालतमा लागिरहने प्रण पनि गरे। ֺ

‘तीन वर्ष पहिले आजैका दिन हामीले एउटा प्रण गरेका थियौं( स्वास्थ्य क्षेत्रलाई सूचनाको जंगलबाट निकाल्छौं एवं सूचना, कर्म, पात्र र प्रवृत्तिलाई एउटै प्लेटफर्मबाट वस्तुगत, सकारात्मक ढंगबाट पस्कन्छौं’ उनले भने ‘अनलाइन अबको युगको अकाट्य माध्यम हो। हामीले पाठकको स्तर पर्गेल्ने अद्भूत क्षमतामा निरन्तर विश्वास गरेका छौं। पाठककै भरोसाबाट हामी निरन्तर अग्रगतिमा रहने छौं।’

अनलाइनका नाममा छिटो गर्ने होडमा पत्रकारिताको धर्म, समाचारको वैधता, सामग्रीमाथिको विश्वसनीयता र भाषागत अनुशासनमा सम्झौता गर्ने धृष्टता कहिल्यै नगर्ने खनालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय