काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

कोरोना भाइरस संक्रमणको चक्र नियन्त्रणका लागि ३ गते मध्यरातिबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ।

एक साताका लागि जारी गरिएको निषेधाज्ञा सकिन एक दिन अघि आज मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको संयुक्त सुरक्षा समितिको बैठक बस्दैछ।

अपराह्न १ बजे काठमाडौं जिल्लाको विपद् व्यवस्थापन केन्द्रको बैठक बस्नेछ भने ३ बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, उपत्यकास्थित सुरक्षा निकायका प्रमुखसहितको संयुक्त सुरक्षा समितिको बैठक बस्नेछ।

उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा भदौ १५ सम्म लम्बिन सक्ने बताए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरूले गरेको आग्रहलाई ‘नोटिस’मा राखिएको र उचित निर्णय हुने बताए।

काठमाडौं उपत्यकाका जनप्रतिनिधि सम्मिलित उपत्यका नगरपालिका फोरमको सोमबारको बैठकले भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउन आग्रह गरेको थियो।

प्रजिअ दाहालले एक सातासम्म जारी भएको निषेधाज्ञाको समीक्षा गरेर आगामी रणनीति तय हुने बताए। उपत्यकामा जारी निषेधाज्ञा बुधबार राति १२ बजे अन्त्य हुँदैछ।

तीनवटै जिल्लाको विपद् व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले पनि निषेधाज्ञामा अझ कडाइ गर्नुपर्ने सुझाव दिएको छ। काठमाडौंका स्थानीय तहले आगामी भदौ १५ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय